Aamsanchar

कोरोना संक्रमणका कारण झापामा मृत्यु हुनेको संख्या १सय २७ पुग्यो, थप १२ जनामा संक्रमण पुष्टि

Author Image
शुक्रवार, पौष ३, २०७७

झापा- कोरोना संक्रमणका कारण झापामा मृत्यु हुनेको संख्या १सय २७ पुगेको छ । आज थप २ जनाको मृत्यु भएसँगै मृतकको संख्या १सय २७ पुगेको हो । आज मृत्यु हुनेमा बिर्तामोड नगरपालीकाका ४ का ८१ बर्षिय पुरुष र गौरादह नगरपालीकाका ५ की ५५ बर्षीया महिला रहेकी छिन् ।

यस्तै झापामा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिहीवार जिल्लाका ४ वटा पालिकामा ८ महिला र ४ जना पुरुषसहित १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
दमक नगरपालिकामा ८ जना, बिर्तामोड नगरपालिकामा २ जना, भद्रपुर नगरपालिकामा १ जना र बुद्घशान्ति गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । सबै संक्रमित जना स्थानीय हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)