Aamsanchar

आजको मौसम

Author Image
शनिवार, पौष ४, २०७७

अहिले देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । शनिबार बिहान नेपालको पश्चिमी तथा मध्य तराईका अधिकांश स्थानहरूमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ।

हाल नेपालको पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू–भाग आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।शनिबार राति प्रदेश नं १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२