Aamsanchar

सामूहिक राजीनामा दिने दाहाल र नेपाल पक्षका मन्त्रीहरूको तयारी

Author Image
आइतवार, पौष ५, २०७७

काठमाण्डौ – संसद् विघटनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । पूर्वमाओवादी पक्षका उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री विना मगर, श्रममन्त्री रामेश्वरराय यादव र नेता नेपाल पक्षका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन् ।

बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने निर्णय सुनाएपछि मन्त्रीहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुसाल, वर्षमान पुनलगायतले विरोध गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 270

प्रतिक्रिया (०)

सम्बन्धित खबर