

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि नेतृ रामकुमारी झाँक्रीले चर्को आलोचना गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री र राष्ट्रपतिले कम्युनिस्ट आन्दोलन समाप्त गरेको बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ, केपी ओली र विधा भण्डारीलाई बधाई दिउँ, कम्युनिस्ट आन्दोलन समाप्त गरेकोमा । साथै उहाँले फेरि एक पटक लोकतान्त्रिक गणतन्त्रको लागि लड्न आह्वान गर्नुभएको छ । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको थियो । दिउँसो त्यो प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गर्नुभएको हो ।
Views: 306

