Aamsanchar

प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको बाध्यात्मक कदम : नेकपा नेता महेश बस्नेत

Author Image
आइतवार, पौष ५, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेश बस्नेतले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको बाध्यात्मक कदम भएको बताएका छन् । क्षणिक रुपमा यो अलोकप्रिय भए पनि मुलुकको हितमै रहेको उनको दाबी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरी वैशाख १७ र २७ गते मध्यावधी चुनाव गर्ने घोषणा गरेकी छन् । प्रधानमन्त्री निकट नेता बस्नेतले राष्ट्रपतिलाई महाअभियोग लगाउने र प्रधानमन्त्रीलाई हटाउने लगायतका षड्यन्त्र भएकाले संसद विघटन गर्नु परेको दाबी गरे ।

चितवनमा पत्रकारहरुसँग कुरा गर्दै बस्नेतले भने, ‘आफ्नै पार्टीका नेताहरुले देशी विदेशी शक्तिसँग मिलेर प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्रको सुईँको पाएपछि प्रधानमन्त्रीले मेरो पार्टीलाई मिलाउन सकिन र, नकारात्मक भूमिका भएका शक्तिहरु संलग्न भएकाले प्रधानमन्त्रीले जनतामै जान्छु भनेर निर्णय गर्नु भएको हो । यो उहाँको बाध्यात्मक कदम हो ।’

उनले पार्टी एकता भंग भएको जस्तो देखिएको बताए । अब साबिकको एमाले र साबिकको माओवादीतिर जानसक्ने बताए । त्यसो भए प्रधानमन्त्रीले साबिकको एमालेको केन्द्रीय कमिटी बैठक बोलाउनु हुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘खुमलटारको बैठकले के निर्णय गर्छ भन्नेमा भर पर्छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर