Aamsanchar

काँग्रेसद्वारा सर्वदलीय बैठक आह्वान

Author Image
सोमवार, पौष ६, २०७७

काठमाडौं –प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सर्वदलीय बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएका हुन्। सरकारविरुद्ध कस्तो रणनीति बनाउने, संवैधानिक संकटको कसरी सामना गर्नेलगायतका विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलका नेताहरुलाई बोलाइएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए। यसअघि हिजो बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको संयुक्त बैठकले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो। बैठकमा संसद विघटनकाविरुद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी बनेको थियो। आजको बैठकमा सरकारले संसद विघटन गर्दागर्दै गरेका संवैधानिक निकायहरुको नियुक्तिलगायतका विषयमासमेत छलफल गरिने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले हिजो प्रतिनिधिसभा विघटन गरेका छन्।संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका प्रधानमन्त्री ओलीले पनि आज आन्तरिक छलफललाई निरन्तरता दिनेछन्। उनले आफू पक्षीय नेकपाका नेताहरुलाई बालुवाटारमा बोलाएर आगामी चुनावको माहोल बनाउन निर्देशन दिन लाग। बालुवाटारमा बिहानैदेखि विभिन्न चरणमा छलफलहरु हुन लागेको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर