Aamsanchar

सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता सम्मको तयारी गरेकाले अध्यक्ष प्रचण्डलाई साथ दिन सकिदैंन : : भट्ट

Author Image
सोमवार, पौष ६, २०७७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नेसम्मको तयारी गरेका कारण नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन नसकेको बताएका छन् ।

पहिले प्रचण्ड पक्षीय नेता मानिएका भट्टले ओली पक्षले सोमबार बोलाएको आफ्नो गुटका सांसदहरुको भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा भट्टले यो ऐतिहासिक सरकार ढाल्ने र देशमा अस्थिरता निम्त्याउने पक्षमा प्रचण्ड–नेपाल पक्ष लागेकाले आफूले साथ दिन नसकेको बताए ।

भेलालाई सम्बोधन गर्दै भट्टले इतिहासमा सबैभन्दा राम्रो काम यही सरकारले गरेको दाबीसमेत गरेका छन् । तर सरकारलाई कामै गर्न नदिने र सधैं अनिर्णयको बन्दी गराउने षडयन्त्र भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर