Aamsanchar

मध्यावधि निर्वाचनमा जाने ओलीको कदमले पार्टी एकतामा तात्त्विक असर नगर्ने दाहालको दाबी

Author Image
सोमवार, पौष ६, २०७७

काठमाण्डौ –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबद्ध रहेको दाबी गर्नुभएको छ । सोमबार विज्ञप्ति निकालेर प्रचण्डले संसद विघटन गरी मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी एकतामा तात्त्विक असर नगर्ने दाबी गर्नुभएको हो । अध्यक्ष प्रचण्डले पार्टी एकतालाई कमजोर बनाउनेहरुविरुद्ध एकताबद्ध भएर उभिन सबैलाई अपील समेत गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टीपङ्क्ति र आम जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यस प्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्त्विक असर पर्ने छैन ।’

उहाँले कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने दाबी गर्नुभएको छ । अध्यक्ष प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार भएको उल्लेख गर्नुभएको छ । अध्यक्ष प्रचण्डले कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि सबैलाई आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 338

प्रतिक्रिया (०)