Aamsanchar

निर्वाचन आयोगमा पुग्यो नेकपा स्थायी कमिटी बैठकले ओलीलाई कारबाही गरेको पत्र

Author Image
सोमवार, पौष ६, २०७७

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले गरेको कारबाहीको पत्र निर्वाचन आयोगमा पुगेको छ । आइतबारको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो, त्यसको व्योहोरासहितको पत्र स्थायी कमिटीका सदस्य लिलामणि पोख्रेलले निर्वाचन आयोगमा जानकारी गराउनुभएको छ ।

पत्रमा ओलीले पार्टीको निर्णय विपरीत गैरसंवैधानिक काम गरेकाले कारबाही गरिएको उल्लेख छ । आइतबार बसेको स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने र यसको जानकारी ७ गते मङ्गलबार बस्ने केन्द्रीय समितिको बैठकलाई गराउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर