Aamsanchar

प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको ठहर गर्दै जसपाको आज देशभर विरोध प्रदर्शन

Author Image
बुधवार, पौष ८, २०७७

काठमाडौं – जनता समाजवादी पार्टीले आजदेखि देशव्यापी विरोध प्रदर्शन सुरु गर्दैछ। प्रतिनिधिसभा विघटनको विरोधमा जसपाले आजदेखि काठमाडौंसहित सबै जिल्ला सदरमुकाममा र्‍यालीसहित प्रदर्शन गर्न लागेको हो।

आज काठमाडौंमा दिउँसो तीन बजे असन चोकमा प्रदर्शन गर्ने जसपा नेता केशव झाले जानकारी दिए। उनकाअनुसार अन्य जिल्लाहरुमा दिउँसो प्रदर्शन गरिनेछ। प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक कदम भएको ठहर गर्दै जसपाले आगामी आइतबारसम्म प्रदर्शन गर्ने तयारी गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर