Aamsanchar

नेकपा प्रचण्ड-माधव समूहको पार्टी कार्यालय बल्खुमा बन्ने, नेताहरुले गरे मदन भण्डारीको शालिकमा माल्यार्पण

Author Image
बिहिवार, पौष ९, २०७७

 

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका शीर्ष नेताहरुले मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने घोषणा गरेका छन् । केन्द्रीय कमिटी बैठक सकिएलगत्तै अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहोरा पनि बल्खु पुगेका हुन् ।

तत्कालीन एमालेको पार्टी कार्यालय भूकम्पले क्षतिग्रस्त बनेको थियो । त्यहाँ अहिले भग्नावशेष मात्र छ । नेताहरुले यहाँ रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् । यो ठाउँसँग आफूहरुको सम्बन्ध गाँसिएको भन्दै पार्टीको भवन बनाउने बताए ।

अध्यक्ष नेपालले केपीओली यति अलोकतान्त्रिक होलान् भन्ने आफूहरुले कल्पना नगरेको बताए भने वरिष्ठ नेता खनालले ओली अझै कम्युनिस्ट बन्न नसकेको बताए । अध्यक्ष प्रचण्डले भने सबैलाई मिलाएर पार्टीलाई एकतावद्ध बनाउने धारणा राखे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर