Aamsanchar

नेपालमा गणतन्त्रको आन्दोलन चल्दै गर्दा प्रधानमन्त्री ओली बयलगाडाको कथा सुनाएर बसेको : प्रचण्ड

Author Image
शुक्रवार, पौष १०, २०७७


नेकपा (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष प्रचण्डले नेपालमा गणतन्त्रको आन्दोलन चल्दै गर्दा प्रधानमन्त्री केपी ओली बयलगाडाको कथा सुनाएर बसेको बताएका छन् । केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले उक्त कुरा बताएका हुन् । ‘आन्दोलन चल्दै गर्दा केपी ओलीले बयलगाडाको कथा सुनाएको हामीसवैले सुनेकै हौ । तरपछि आन्दोलन सफल भयो । उहाँले पनि म पनि गणतन्त्र स्वीकार्छु, भन्नु भयो । हामीले होला भनेर विश्वास गर्यौ । तर उहाँ मौका कुरेर बस्नुभएको रहेछ’, प्रचण्डले ओलीप्रतिको बुझाइमा आफूहरुको केही कमजोरी रहेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर