Aamsanchar

कम्प्युटरको मागमा बृद्दी, स्क्रिन र प्रोसेसर सहित अन्य पाटपूर्जाहरु पाउन कठिन

Author Image
आइतवार, पौष १२, २०७७

एजेन्सी । २०२० मा विश्वभर जुन स्तरमा ल्यापटप र डेक्सटप स्टक गरियो, त्यस किसिमको ठूलो कारोबार यसअघि २००७ मा आइफोन डेब्यु हुँदा मात्र देखिएको थियो । तर उत्पादनमा निरन्तर वृद्धि गराइरहे पनि सबै ग्राहकहरुको अर्डर पूरा गर्नमा अझै कम्पनीहरु महिनौँ पछाडि रहेको हार्डवेयर उद्योगका कार्यकारी र प्राविधिक विशेषज्ञहरु बताउँछन् ।

कोरोना महामारीको समयमा घरमै या एकान्तमा काम गर्ने अनि अनलाइन कक्षा प्रचलित भएकाले पनि कम्प्युटर बजारमा नसोचेको व्यापार वृद्धि भएको हो । यसबीच स्मार्टफोनको विक्री कम भयो भने ठुल्ठुला डिभाइसहरुप्रति मानिसहरुको चासो बढ्न थाल्यो । हार्डवेयर निर्माता एसरका प्यान अमेरिका अध्यक्ष ग्रेग प्रेनडरगास्ट भन्छन्, “यो क्षेत्रको सप्लाइ चेन अहिले जति कहिलै लम्बिएको थिएन । ”

विज्ञहरुको अनुमानमा २०२० मा ल्यापट र डेक्सटपहरु ३० करोड भन्दा बढी वितरण भएका छन् जुन अघिल्लो वर्षको भन्दा १५ प्रतिशत वृद्धि हो । यस किसिमको ठूलो व्यापार यसअघि २००८ मा मात्र देखिएको थियो । यता ट्याबलेटले झन ठूलो वृद्धि महसुस गरिरहेको छ ।

यस्तोमा २०२१ को अन्त्यसम्ममा ल्यापटप, डेक्सटप अनि ट्याबलेट प्रयोगको सङ्ख्या २०१९ मा १.६४ अर्बबाट बढेर १.७७ अर्ब पुग्ने रिसर्च कम्पनी क्यानालिसले जनाएको छ । यसमा कोरोना प्रभावित परिवारले घरमा एउटा डिभाइसबाट यो वर्ष प्रत्येक विद्यार्थी या भिडियो गेमर या घरबाट काम गर्नेहरुका लागि एकएकवटा छुट्टाछ्ट्टै डिभाइस जुटाउनुपर्ने भएकाले नै यति ठूलो वृद्धि भएको हो ।

अर्कोतर्फ अचानकको उच्च मागलाई धान्न सिमित सङ्ख्यामा रहेका ठूला पीसी भेन्डरहरुले उत्पादन देखि वितरणसम्म ठूलो संघर्ष गर्नुपर्यो र अर्को वर्ष नयाँ र अझ सुधार गरिएका मोडल लन्च गर्ने तयारीमा पनि उत्तिकै खटिनुपरेको हो ।

एसरका अनुसार कम्पनीले अहिले शिक्षा क्षेत्रका ग्राहकहरुलाई छिटै डिभाइस उपलब्ध गराउन महिनौँ लाग्ने जहाज, रेल लगायतका माध्यममा कटौति गरि, सिधा वितरण सुरु गरेको छ । तर अझैपनि केही उपभोक्ताले चाहिँ चार महिना भन्दा कम समयमा आफ्नो सामान नपाउने अवस्था रहेको बताइएको छ ।

प्राविधिक उद्योगहरुको सङ्ख्या धेरै भए पनि भाइरसका कारण केही समयका लागि तिनीहरु बन्द गराउनु पर्दा स्क्रिन र प्रोसेसर सहित कम्प्युटरका अन्य पाटपूर्जाहरु पाउन कठिन भएको हो । आपूर्तिमा समस्या नभए २०२१ मा पनि व्यापार उच्च रहने अनुमान रहेको छ ।

क्यानालिसका विश्लेषक इशान दत्तले गत अप्रिलमा एक ग्राहकको कुरा सम्झिए, जसले उनलाई, जुन डिभाइस भएपनि एकहप्तासम्म आइपुग्ने र किबोर्ड भएको भए पर्याप्त हुने बताएका थिए । तर अहिले भने मानिसहरुले राम्रो फिचरयुक्त डिभाइस खोज्न थालेकाले उद्योग झन दबाबमा परेको उनले बताए । त्यसैले पनि अबका केही महिना बजारमा उपलब्ध हुने कम्प्युटरहरुले नयाँ आवश्यकताहरुको ख्याल राख्नुपर्ने हुन्छ जस्तै अहिले सबैलाई भिडियो कन्फरेन्सिङका लागि राम्रो क्यामरा र स्पिकर भएको डिभाइस चाहिएको छ ।

प्राविधिक कम्पनी डेलका प्रमुख, स्याम बर्डका अनुसार अबका नयाँ डिभाइसहरुमा लग–इन गर्ने र क्यामरा स्वीच अफ गर्ने जस्ता कामलाई सजिलो बनाउन विभिन्न किसिमका आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयरको प्रयोग गर्ने क्रम बढ्नेछ । २०२० को तेस्रो क्वाटरमा डेल कम्पनीमा अनलाइन अर्डर गर्ने ग्राहकहरु ६२ प्रतिशतले वृद्धि भएका छन् । रोयटर्सबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर