Aamsanchar

मेचीनगरमा तोरी उद्योगको शिलान्यास

Author Image
सोमवार, पौष १३, २०७७

मेचीनगर।  मेचीनगर नगरपालिकाले बाझो जमिनको पहिचान गरी त्यसमा खेती गर्नका लागि कृषकलाई आग्रह गरे लगत्तै स्थानीय स्तरमा विभिन्न प्रकारका उद्योग सञ्चालनमा आउन थालेका छन् । यसै क्रममा झापाको मेचीनगर— १० खयरडागीमा तोरी पेल्नका लागि तोरी मिल उद्योग आगामी फागुन १ गतेबाट सञ्चालनमा आउने भएको छ । उद्योगका लागि आवश्यक भवन निर्माणका लागि ठेक्का लागि सकेको र माघ २५ गते सम्ममा भवन सम्पन्न भएर फागुन १ बाट उद्योग सञ्चालनमा आउने छ ।

सहज महिला कृषि सम्बृद्घि बहुउद्घेश्यीय सहकारी संस्था लि मेचीनगर—१० खयरडागीले उद्योग सञ्चालनमा ल्याउने भएको हो । सोमबार मेचीनगर नगरपालिकाका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीले उद्योगको शिलान्यास गर्नुभएको छ । शिलान्यास समारोहमा बोल्दैं कार्यवहाक प्रमुख उप्रेतीले नेपाललाई कृषि प्रधान देश भनिए पनि कृषि तथा अन्य खाद्य वस्तुका लागि नेपाल अझै सम्म आत्मनिर्भर बन्न नसकेको बताउनुभयो ।

उहाँले कृषिको परनिर्भरको अन्त्य गदैं स्थानीय कृषकको बाझो जग्गामा खेती गर्नका लागि नगरपालिकाले प्रोत्साहन गर्ने बताउनुभयो । नगरका विभिन्न भागमा रहेका बाझो जग्गाको पहिचान गरेर त्यहा माटो अनुसारको खेती गर्न सुझाव समेत दिनुभयो । त्यसका लागि सिञ्चाइ, मल बीउबीजनलगायतका सामग्री उपलब्ध गराउन नगरपालिका जुट्न उहाँको भनाई थियो ।

संस्थाकी अध्यक्ष शारदा शर्मा घिमिरेले शिलान्यास समारोहको सभापतित्व गदैं संस्थाले विगतका वर्षदेखि नै कृषकले उत्पादन गरेको तोरी खरीद गरी त्यसको सरसफाई गदैं तोरी पेल्ने र तेल प्रशोधन पछि विक्री वितरण गदैं आएको जानकारी दिनुभयो । यसवर्षदेखि संस्थाका शेयर सदस्यहरुबाट, स्थानीय सरकार मेचीनगर नगरपालिका र कृषि तथा पशुपक्षी मन्त्रालयको स्थानीय निकायको करीव ७५ लाख रुपैयाँको लागतमा तोरी उद्योग सञ्चालनमा ल्याउन लागेको बताउनुभयो ।

यसका लागि सहकारीले स्थानीय शेखर शिवाकोटी सञ्चालक रहेको शिवाकोटी राइस मिल परिसमा १० वर्षका लागि जमीन लिजमा लिएर उद्योग स्थापना गर्ने योजना रहेको प्रष्ट पार्नुभयो । लगानी जुटाउने, कृषकलाई तालिमसहित तोरी उत्पादन तथा मिल सञ्चालन गरेपछि कृषकहरुलाई तोरी खेतीतर्फ प्रोत्साहन गर्नेलगायतका काम गर्ने बताइएको छ । उद्योगले आफूलाई आवश्यक तोरी स्थानीय स्तरबाटै खरिद गर्ने र अपुग भएमा देशभित्रैबाट पनि खरिद गर्ने प्रशोधन पछि शुद्घ तोरीको तेल विक्री गर्ने अध्यक्ष घिमिरेले बताउनुभयो ।

विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख प्रतिनिधि, किसान उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको शिलान्यास समारोहको सञ्चालन संस्थाकी सचिव हेमकला खरेल शिवाकोटीले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 422

प्रतिक्रिया (०)

सम्बन्धित खबर