Aamsanchar

तत्कालिन स्वास्थ्य मन्त्री ढकालका विज्ञ सल्लाहकार कार्कीले दिए राजीनामा

Author Image
सोमवार, पौष १३, २०७७

काठमाडौं :  तत्कालिन स्वास्थ्य मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार रुपमा रहेका डाक्टर खेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् । जिम्मेवारी हेरफेरका क्रममा मन्त्री ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पुगेपछि उनका स्वास्थ्य विज्ञ सल्लाहकार रहेका डा कार्कीले राजीनामा दिएका हुन् ।

डा कार्कीले हिजै मन्त्रालय पुगेर पदबाट राजीनामा दिएको बताए। उनले भने ‘ मैले हिजो नै मन्त्रालय पुगेर राजीनामाको पत्र बुझाएको छु।‘ उनको नियुक्ति मन्त्रिपरिषद् बैठकले गरेकोले राजीनामाको स्वीकृतिका लागि समेत मन्त्रालयमार्फत मन्त्रिपरिषद पठाउनु पर्ने हुन्छ।

गत ९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरेको थियो। त्यसको ९ महिनापछि स्वास्थ्यमन्त्री रहेका ढकालको मन्त्रालय परिवर्तन भयो। मन्त्रालयमा आइतबारबाट नयाँ स्वास्थ्य मन्त्रीको रुपमा हृदयेश त्रिपाठी आएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर