Aamsanchar

पाथीभरामा लागेको आगो हेलिकोप्टरबाट पानी खसाएर निभाउने प्रयास

Author Image
सोमवार, पौष १३, २०७७

ताप्लेजुङ। देशमै प्रशिद्धि मानिएको ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर परिसरमा पछिललो एक सातायता आगोलागी जारी छ । आगोलागी दिन प्रतिदिन पाथिभरा मन्दिर तर्फ उन्मुख बन्न थालेको छ । आगो नियन्त्रणका लागि अनेक प्रयास गरिएपनि सम्भव भएको छैन ।

आइतबार भने यहाँ हेलिकोप्टरबाट आगोलागी नियन्त्रणको प्रयास गरिएको छ । सिम्रिक एयरको हेलिकोप्टरमार्फत पानी लगेर पाथिभरा क्षेत्रमा आगो निभाउने प्रयास भएको हो ।

ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईका अनुसार ताप्लेजुङ क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिको समन्वयमा सिम्रिक एयरको हेलिकोप्टर मगाइएको थियो ।

जंगलमा पानीको स्रोत नभएको र आगो पाथिभरा मन्दिर क्षेत्रतर्फ अगाडि बढेपछि हेलिकोप्टर मगाएर पानी खन्याउने निर्णय भएको उनले जानकारी दिए । हेलिकोप्टर काठमाडौंबाट ताप्लेजुङको सुकेटार विमानस्थलमा अवतरण गरेको थियो । त्यहाँ नगरपालिकाको दमकलले पानी लिएर गएको थियो ।

तर, हेलिकोप्टरको पानी बोक्ने उपकरणमा पानी राख्न नमिलेपछि पोखरीबाट पानी उबाउने निर्णय लिइएको उपमेयर भट्टराईले जानकारी दिए । उनका अनुसार स्थानीय जोरपोखरी भन्ने स्थानबाट हेलिकोप्टरले पानी भरेको थियो । त्यसपछि आगोलागी भएको ठाउँमा माथिबाट पानी झारिएको थियो । यद्यपी हेलिकोप्टरको प्रयोगले कति आगो नियन्त्रण भयो भन्ने यकिन भने नभएको उनले जानकारी दिए ।

सिम्रिक एयरका अनुसार क्याप्टेन सुरेन्द्र पौडेलले एरियल फायरफाइटिङ मिसनको नेतृत्व गरेका थिए । सिम्रिकले आधा दर्जन पटक आगोलागी भएको क्षेत्रमा पानी खन्याएको छ ।

कमपनीका अनुसार हेलिकोप्टर सुकेटार विमानस्थलमै राखिएको छ । आवश्यकता अनुसार मंगलबार समेत यो मिसन जारी रहने भएको छ ।

खासगरी पाथिभरा क्षेत्रको मूख्य मन्दिर र यस आसपासका संरचना जोगाउन हेलिकोप्टरको प्रयोग गरिएको उपमेयर भट्टराईले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१