Aamsanchar

ओलीलाई खनालको प्रश्न : ‘खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?’

Author Image
मङ्गलवार, पौष १४, २०७७

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीसँग पानी जहाज र घरघरमा ग्यास पाईप खोई भनेर प्रश्न गर्नुभएको छ । संसद विघटनको विरोधमा उक्त समूहले काठमाडौंमा गरेको विरोध सभामा प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै खनालले ओलीले पार्टीलाई भर्‍याङ मात्र बनाएको टिप्पणी गर्नुभयो ।

ओली जस्ता तानाशाहकै कारण सडकमा आउन बाध्य भएको भन्दै उहाँले भन्नुभयो, ‘ओलीले संविधानमाथि बलात्कार गरे, लोकतन्त्रमाथि प्रहार गरे । त्यसैले सडकमा आउन बाध्य भएका हौं ।’ पार्टीका नीति कार्यक्रम सबै बिर्सिएको आरोप लगाउँदै खनालले प्रश्न गर्नुभयो, ‘कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ?खोइ घरघरमा ग्यास पाइप ?’

सडक र पुललाई नै समाजवादका रुपमा ब्याख्या गरेको भन्दै नेता खनालले प्रधानमन्त्री ओलीले मरिचमान श्रेष्ठ र नगेन्द्रप्रसाद रिजालले जत्ति पनि काम नगरेको आरोप लगाउनुभयो । कार्यक्रममा नेता योगेश भट्टराईले प्रतिगमन नसच्चिँदासम्म सडक नछाड्ने दृढता व्यक्त गर्दै आजको कार्यक्रम आफूहरु सडकमा आएको जनाउ दिन मात्र भएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 327

प्रतिक्रिया (०)

सम्बन्धित खबर