Aamsanchar

प्रधानमन्त्री ओलीले भने “प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ, कति सम्झौता गर्नु ?”

Author Image
बुधवार, पौष १५, २०७७

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको बताएका छन् । बुधबार ओली निकट नेकपाले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलामा ओलीले दाहालसँग थुप्रै सम्झौता गरिसकेकाले कति सम्झौता गर्ने भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ । कति सम्झौता गर्नु ?” पार्टी एकता गर्दाको आधा-आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति भए पनि पछि दाहालले नै पार्टीको कार्यकारी अध्यक्ष मागेर आफूलाई ५ वर्ष सरकार चलाउन भनेर सम्झौता गरेको ओलीले बताए । पार्टीको कार्यकारी अध्यक्षको प्रस्ताव पनि उहाँले नै सचिवालयमा राख्नुभयो । मैले हुन्छ भनिदिए ,ओलीले भने, भोलिपल्ट मैले गल्ती गरेँ कि क्या हो कमरेड भनेर मलाई भन्नुभयो । 

पार्टीको केन्द्रीय समितिले गरेको निर्णय अनुसार महाधिवेशन गर्ने भनिए पनि दाहालकै कारणले सारिएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर