Aamsanchar

झापा नाटक घरमा उधौली पर्व मनाईयो, रमेश प्रसाईंलाई नागरिक अभिनन्दन, १५ लाख सहयोग प्राप्त

Author Image
बिहिवार, पौष १६, २०७७

बिर्तामोड । बहु प्रतिभाका धनी, प्रष्ट वक्ता रमेश प्रसाईलाई झापाको बिर्तामोडमा वुधबार नागरिक अभिनन्दन गरिएको छ ।

झापाको बिर्तामोड–१ मा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरमा आयोजितकार्यक्रममा क्षितिज नाट्य समूहझापाको अगुवाईमा झापाली कलाकारहरुको तर्फबाट प्रसाईलाई नागरिक अभिनन्दन गरिएको हो ।

झापा नाटकघर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईको अध्यक्षता तथा प्रदेश सांसद जसमाया गजमेरको प्रमुखआतिथ्यमा भएको कार्यक्रममा निर्माण व्यवस्थापन समितिका सहसंयोजक कुमार भट्टराईले स्वागत गरेका थिए । क्षितिज संगीत साधना प्रतिष्ठान झापाका कलाकारहरुले स्वागतगीत प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद गजमेरले दान पेटीकामा एक हजार एक रुपैयाँ हालेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा क्षितिज नाट्य समूह झापाको अगुवाईमा तीनदर्जन भन्दा बढी सामाजिक संघसंस्थाले पब्लिक स्पीकर प्रसाईलाई कदर पत्र, नेपाली टोपी, खादा, दोसल्ला र नगदप्रदान गरेर अभिनन्दन गरेका थिए ।

कार्यक्रम अघि पब्लिक स्पीकर प्रसाईलाई नौमतीवाजा, च्याव्रुङ बाजागाजासहित नेवारी, लिम्वू, सन्थाल, राजवंशी, तमु लगायतका विभिन्न परम्परागत साँस्कृतिक भेषभुसामा सजिएका झापालीहरुले स्कटिङ गरी झापा नाटकघरमा भित्र्याएका थिए ।

झापाका प्रसाईले वक्तृत्वको माध्यमद्वारा समाज रुपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको बताइएको छ ।

कार्यक्रममा पब्लिक स्पीकर प्रसाईले क्षितिज नाट्य समूहले अगुवाई गरेर सरकारले ध्यान नदिएको कला क्षेत्रलाई संरक्षण गर्न निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माण गरेको भन्दै प्रशंसा गरेका थिए । झापा नाटक घरलाई देशकै नमूना नाटक घर बनाउनआफू लागि पर्ने बताउँदै उनले यसमा सहयोग गर्न सवैलाई आग्रह गरे ।

कार्यक्रममा बहुभाषी, बहुजाती, बहुसांस्कृतिक संग्रहालय सहितको झापा नाटकघर निर्माणका लागि राजकुमार पोखरेल , ज्ञानुराम प्रसाईं, कुमार भट्टराई, गोपीकृष्ण प्रसाईं, प्रकाश शिवाकोटी, प्रशान्त भण्डारी, मिनप्रकाश मैनाली, पार्वता खरेल विमली, गजेन्द्रबहादुर पौडेल, डिल्लीराम सिटौला, मदन रसाइली, सुजना खतिवडाले एक धुर क्षेत्रफलको जग्गा बरावरको रकम एक लाख एक हजारको चेक प्रदान गरेका थिए ।

त्यस्तै अग्निप्रसाद पाण्डे, भीम राई, कमलसरी राजवंशी, युवराज पाठक लगायतले ५१ हजार रुपैयाँ बराबरको चेक प्रदान गरेका थिए भने ८३ वर्षीया मनमाया पाठकले एक व्यक्ति एक इँटा समर्पण अभियान अन्तर्गत एउटा इँटा प्रदान गरेकी थिइन् । सोही दिन झापा नाटक घर निर्माणको लागि दाताहरुबाट १५ लाख प्राप्त भएको निर्माण समिति संयोजक ज्ञानु प्रसाईले बताए ।

सोहीकार्यक्रममा मंगलबार गठन गरिएको क्षितिज संगीत साधना प्रतिष्ठानका नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको थियो । कार्यक्रममा निर्वाचनअधिकृत नेपालपत्रकार महासंघ झापाकाउपाध्यक्ष एकराजगिरीले क्षितिज संगीत साधना प्रतिष्ठानका अध्यक्ष निरज पोखरेल लगायतका नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुका साथै निर्वाचित प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रदेश सांसद झलकसिंह दर्लामी, बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाई, कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल जलकुमार गुरुङ लगायतले शुभकामना दिएको कार्यक्रममा सांगीतिक प्रस्तुति गरिएको थियो । कार्यक्रमको सञ्चालन क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष माधव कल्पितले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 307

प्रतिक्रिया (०)

सम्बन्धित खबर