Aamsanchar

दाहाल–नेपाल समूहले संसदीय दलको नेताबाट हटाएपछी राईको एक्सन : १५ जना सांसद्लाई निलम्बन

Author Image
बिहिवार, पौष १६, २०७७

विराटनगर । नेकपा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गर्नुभएको छ । दुई चिरामा विभक्त नेकपा विवादको असर प्रदेश तहसम्म पुगेको छ र एकले अर्को पक्षलाई कारबाही गरिरहेका छन् । यसअघि दाहाल–नेपाल समूहले राईलाई संसदीय दलको नेताबाट हटाउँदै भीम आचार्यलाई दलको नयाँ नेता चुनेका थिए ।राईले पनि एक्सन  लिएका हुन् ।

प्रमुख सचेकत वुध्दिकुमार राजभण्डारीले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै उनीहरुलाई तीन महिनाका लागि निलम्बन गरेको बताएका छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पटीकरण सोधिएकोमा १५ जनालाई निलम्बन गरिएको हो । निलम्बित हुनेमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, इन्द्रबहादुर आङबो, बिजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकवहादुर मगर र रामकुमार राईले भने मौखिक जवाफ दिएकाले कारवाही नगरिएको बताइएको छ । प्रदेश–१ मा प्रत्यक्षका ५६ र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट छ । जसमा नेकपाको ६७, कांग्रेस २१, जनता समाजवादीका ३, राप्रपा १ र संघीय लोकतान्त्रिक मन्चको १ सिट छ । जसमध्ये प्रदेश १ मा नेकपाका ६७ सांसद मध्ये बहुमत अर्थात् ३६ जना राईलाई हटाउनु पर्ने पक्षमा उभिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 331

प्रतिक्रिया (०)

सम्बन्धित खबर