Aamsanchar

चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस

Author Image
शुक्रवार, पौष १७, २०७७

काठमाण्डौ – चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ । कोरोना भाइरसको सुरुवात एक वर्ष पहिला चीनमा नै भएको थियो । त्यसपछि विश्वका लगभग सबै देशमा भेटिएको थियो । त्यसको एक वर्षपछि फेरि चीनमा नै २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ ।

नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायतमा धेरै भेटिएको छ भने अरु देशमा पनि फैलन सुरु भइसकेको छ । बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि बेलायतसँगको आवातजावत धेरै देशले बन्द गरेका छन्।

Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर