Aamsanchar

देशका विभिन्न धार्मिक तथा पर्यटक स्थलमा मेची–महाकाली सफाई अभियान

Author Image
शुक्रवार, पौष १७, २०७७

बिर्तामोड । सभ्य नागरिकको पहिचान, सफाईमा मेरो योगदान । म मेरो बासस्थान, कर्मथलो र सार्वजनिक स्थल वरपर फोहोर गर्दिन अरुलाई पनि गर्न नदिन सचेतना फैलाउछु, म जथाभावी फोहोर फाल्दिन फोहोर राख्ने भाडो प्रयोग गर्छु जस्ता संकल्प र सचेना नारा लिएर देश सफाई अभियानमा निस्किएको मेची–महाकाली सफाई अभियनका अभियन्ताहरु देशका विभिन्न प्रदेशका सहरहरुमा पुगिसकेका छन् ।

सफाई अभियानका अभियन्ता विष्णु आचार्यको नेतृत्वमा भरत बस्नेत लगायतका अभियन्ताहरु अभियानमा जोडिएका छन् ।
लकडाउनका कारण स्थगित भएको अभियान केहीदिन अघि झापाको मेचीनगर नेपाल–भारत सिमा मेची पुलबाट पुनः सुरु गरिएको अभियानका अभियान्ताहरु प्रदेश–२ को राजधानी जनकपुर लगायतका स्थापमा पुग्ने तयारी गरिरहेका छन् ।

स्थानिय सरकार र सरोकारवाला संस्थाहरु सँगको समनवयन र सहकार्यमा अभियानलाई अघिबढाउने काम भईरहेको र प्रदेशका मन्त्री देखि स्थानिय सरकारका प्रमुख, समाजसेवीहरुले अभियानलाई ऐकिवद्धता जनातदै सफाई कार्यमा झाडु लिएर लाग्ने गर्नु भएको अभियन्ता आचार्यले बताए । अभियानको क्रममा स्थानिय र सरकारका प्रतिनिधीहरुबाट पाएको साथ सहयोगको प्रशंषा गर्दै विभिन्न नगरपालिकाका मेयर, नेपाल प्रहरी सशस्त्र प्रहरीको पनि साथ रहेकोमा आचार्यले खुशी व्यक्त गरेका छन् ।
पश्चिममा सहजीकरणका लागि बागमती सफाइ अभियन्ता चक्र बहादुर चन्द लगायतको समूहले साथ दिने भएका छन् ।

प्रदेश १ का विभिन्न सहरहरु काकरभिट्टा, बिर्तामोड, भद्रपुर, अर्जुनधारा, बुद्धशान्ती, झिलझिले, दमक उर्लाबारी, बिराटनगर, इटहरी, धरान त्यसैगरी इलामको कन्याम, ताप्लेजुङ स्थित पाथीभरा मन्दिर, धनकुटा र तेह्रथुम, फिदिम लगायतका केही सहरहरुमा सफाई अभियान टोली पुगी सकेको र केही स्थानमा पुग्ने तयारी भई रहेको छ । सफाई अभियनकै शिलशिलामा प्रदेश २ को राजबिराज, लाहान, प्रदेश–३को हेटौडा, प्रदेश ४ का केही सहर गरि क्रमस् सबै प्रदेशमा छिट्टै अभियानलाई पुर्याईने आचार्यले बताए ।

स्वच्छ नेपाल अभियान सफल पारौं, सरसफाइ अभियानलाई देशब्यापी बनाउ भन्ने मुल उदेश्यका साथ, स्थानीय निकायलाई आफ्नो नगर, गाउँ पालिकालाई स्वच्छ सफा राख्नको निम्ति देश ब्यापी रुपमा सकारात्मक संदेश प्रवाह गर्दै यो अभियान संचालन गरिएको हो । आफ्नो नगर भित्र रहेका पर्यटककिय,धार्मिक, सास्कृतिक सम्पदा हरुलाई स्वच्छ सफा सुन्दर बनाउने र आन्तरिक पर्यटन र बाहिरी पर्यटकहरुलाई आकर्षण बनाएर राष्ट्रलाई पर्यटन क्षेत्रमा विकास र व्यवस्थापन गर्न गराउन सहयोग पुग्ने उदेश्यले यो अभियान संचालन गर्न आवश्यक रहने अभियन्ता र सफाई अभियान पुगेका स्थानिय सरोकार पक्षका प्रतिनिधीहरुले बताएका छन् ।

बिराटनगरमा भएको सफाई कार्यमा तत्कालिन सामाजिक बिकास मन्त्री जीवन घिमिरेको उपस्थिती रहेको थियो । त्यसै गरि प्रदेश–२ को राजबिराजमा भएको सफाई सचेनता कार्यक्रममा मन्त्रीहरुले नै झाडु मारेर सचेनता फैलाउने काम गरेको अभियन्ता विष्णु आचार्यले आमसंचारलाई बताए ।

अभियान आगामी बैशाख सम्म महाकाली नदि सम्म पुगेर समापन हुने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर