झापा जिल्लाको कनकाई नगरपालिका का नगर प्रमुख राजेन्द्र कुमार पोखरेलकी ममतामयी आमा देवीमाया पोखरेलको ८९ वर्षको उमेरमा निधन भएको छ।
दुर्गापुरस्थित आफ्नै निवासमा आज साँझ ७ बजेर ३७ मिनेटमा उहाँको प्राकृतिक निधन भएको परिवारजनले जानकारी दिएका छन्।
स्वर्गीय देवीमायाका चार छोरा राजेन्द्र कुमार पोखरेल, निर्माण पोखरेल, दिनेश पोखरेल र फाल्गुणी पोखरेल रहेका छन्। दिनेश पोखरेल अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष तथा सामाजिक व्यक्तित्वका रूपमा परिचित छन्। छोरीहरूमा सुधा, भगवती, दुर्गा, अस्परा, अञ्जु र रञ्जु रहेका छन्।
पूर्व जनप्रतिनिधि स्वर्गीय गणेश पोखरेलकी धर्मपत्नी देवीमायाको पार्थिव शरीरलाई भोलि कनकाई घाटमा अन्त्येष्टि गरिने छोरा राजेन्द्र पोखरेलले जानकारी दिएका छन्।

दुर्गापुर–सुरुङ्गा क्षेत्रको सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको पोखरेल परिवारमा परेको शोकले स्थानीय समुदायलाई समेत स्तब्ध बनाएको छ।
देवीमाया पोखरेलको निधनप्रति विभिन्न राजनीतिक, सामाजिक तथा स्थानीय व्यक्तित्वहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।


