Aamsanchar

झापा : घरमा कसैलाई थाहा नदिइ निस्किएका बृद्ध भेटिने बित्तिकै मृत्यु

Author Image
आइतवार, जेठ १७, २०८३

झापा – झापामा घरबाट हराइरहेका एक वृद्धको मृत्यु भएको छ । बिर्तामोडमा सडक छेउमा लडिरहेको अवस्थामा फेला परेका इलाम फाकफोकथुम गाउँपालिका–३ घर भई हाल बिर्तामोड नगरपालिका–१ बस्दै आएका अन्दाजी ४५ वर्षीय राजकुमार थेगिमको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार थेगिम जेठ १५ गते घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए । परिवारजनले खोजतलास गरिरहेका बेला शनिबार राति करिब ८ ४५ बजे बिर्तामोड–३ आदर्शचोकस्थित सडकछेउमा उनी लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए । उनको चिउँडोमा सामान्य चोटपटक लागेको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले थेगिमको उद्धार गरी उपचारका लागि बिर्तामोड नगर अस्पताल पठाएको थियो । उनको उपचारकै क्रममा राति करिब साढे ९ मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाएको जनाएको छ । प्रहरीका अनुसार मृतकले अत्यधिक मदिरा सेवन गर्ने गरेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: 186

प्रतिक्रिया (०)