Aamsanchar

प्रधानमन्त्रीको गृहजिल्लामा नेता भट्टराईको गर्जन, ओलीपक्षिय मेयरलाई हटाएर उपमेयरलाई अगाडि लगिने चेतावनी

Author Image
शनिवार, पौष १८, २०७७

झापा-नेकपा पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षिय नेता तथा पुर्व पर्यटन मन्त्री योगेश भट्टराइले आफ्नो पक्षमा आउन स्थानिय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन । आज के.पि. ओलीको गृह जिल्ला झापामा आएर उनले पार्टी नचिनेर अर्को पक्षमा जाने जनप्रतिनिधिलाइ पद मुक्त गरिने समेत चेतावनी दिए ।

‘नगरपालिका र गाउपालिकाका प्रमुखहरु ओली पक्ष भन्दै हिड्ने हो भने पदमुक्त हुने सम्भावना छ’,  उनले भने ‘अब उपप्रमुखहरुले स्थानिय तहको प्रमुख हुन ठिक्क परे हुन्छ ।’ ओलिले पौष ५ गते गरेको प्रतिनिधिसभा सभा बिगठन संविधान बिपरित भएको भट्टराइले बताए । बहुमत सदस्यको पक्षमा सुर्य चुनाब चिन्ह जाने नीति रहेको बताउदै उनले ओलिलाइ सहि बाटोमा फर्किएर आफुहरु सग मिल्न आग्रह गरे ।

पार्टिका सदस्य सबैले ओलीलाई सहयोग गर्दागर्दै पनि कुनै सल्लाह बिना ओलिले संसद बिगठन गरेको उनको आरोप छ । अब संसद बिगठको बिरोधमा सबैले सडकबाट आन्दोलन गर्नुपर्ने पनि भट्टराइले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर