Aamsanchar

आजको मौसम

Author Image
सोमवार, पौष २०, २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देभर पश्चिमी वायुको प्रभाव रहेको छ ।

महाशाखाले आज बिहान भने देशभर सामान्य बदली भइरहेको जनाएको छ ।  यसैगरी आज दिउँसो देशभर सामान्य बदली हुने पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको हुनसक्ने पूर्वानुमान छ ।

यता, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू९भागमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भूभागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 445

प्रतिक्रिया (०)

सम्बन्धित खबर