Aamsanchar

१४ वर्षीय छोरीलाई करणी गरेर गर्भपताका लागि अस्पताल लैजाने बाबु पक्राउ

Author Image
मङ्गलवार, पौष २१, २०७७

इटहरी – छोरी बलात्कारको आरोपमा सुनसरीमा ५० वर्षीय पुरुष पक्राउ अस्पतालबाटै पक्राउ परेका छन्। बराहक्षेत्र नगरपालिकाका एक शिक्षकले १४ वर्षीय छोरीमाथि करणी गरेको आरोप लागेको छ। विराटनगरको नोबेल अस्पताल लगेको बेलामा मृत बच्चा जन्मिएपछि करणीको रहस्य खुलेको थियो। ती पुरुषलाई शुक्रबार मोरङ प्रहरीले अस्पतालबाटै पक्राउ गरी सुनसरी प्रहरीलाई बुझाएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका इन्सपेक्टर सरोज खनालकाअनुसार बालिकाले केही दिनदेखि पेट दुःखेको बताउँदै आएकी थिइन्। पेट धेरै दुःखेपछि शुक्रबार नै अस्पतालको गाइनो वार्डमा भर्ना गरिएकी उनले चर्पीमा मृत बच्चा जन्माएकी थिइन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाकाअनुसार अस्पतालमा सोधीखोजी गर्दा बालिकाले बुवाले करणी गरेको बताएकी थिइन्। पक्राउपछि ती व्यक्तिले अपराध स्वीकार गरेको बताइएको छ। गर्भपतनको लागि अस्पताल लगिएको वा औषधी खुवाइएकोबारे भने पुष्टि भइसकेको छैन।

‘गर्भपतन गराउने औषधी खुवाइएको हो वा होइन भन्ने कुरा खुलिसकेको छैन,’ औषधि किनेको विषयमा अरुतिर पनि आफूहरुले बुझिरहेको बताउँदै खनालले भने, ‘मेडिकल रिपोर्ट आइसकेपछि खुल्छ।’ ती पुरुषकी दुई वटी छोरी छन्। जेठ महिनादेखि नै मासिक श्राव रोकिएको उनले बताएकी छिन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर