Aamsanchar

पहिचान नखुलेको करिब ३० वर्षीय पुरुषको शव फेला, चिन्नेले सम्पर्क गर्न प्रहरीको अनुरोध

Author Image
मङ्गलवार, पौष २१, २०७७

काभ्रे –धुलिखेल नगरपालिका–८ ठकुरी गाउँको छेउमा करिब ३० वर्षीय पुरुषको शव फेला परेको छ। उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छन।

मृत पुरुष गहुँगोरो वर्ण, बाटुलो अनुहार, उचाई अन्दाजी ५ फिट, छोटो कालो कपाल, पातलो जुँगा र च्यापुमा पातलो दाह्री भएको, सेतोमा फिक्का खैरो रंगको रुखको पातको बुट्टा भएको हाफ भेष्ट, खैरो रंगको ट्राउजर लगाएको अवस्थामा भेटिएकाले उनीसँग हुलिया मिल्ने कोही हराएका भए जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको मोबाइल नम्बर ९८५१२३७३३९ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)