Aamsanchar

सहकर्मीको कैंची प्रहारबाट एक जनाको मृत्यु

Author Image
बुधवार, पौष २२, २०७७

काठमाडौं – काठमाडौंको बालाजुस्थित बाईपासमा कपडा काट्ने कैंचीले घोपेर एक जनाको हत्या गरिएको छ। मंगलबार राति सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका कलाम मियाँलाई उनकै सहकर्मीले कैंचीले घोपेर हत्या गरेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न आरोपी भारत बिहारका सुवोध शर्मालाई फर्पिङबाट पक्राउ गरिएको छ।

शर्माले पेटमा कैंचीले घोपेर घाइते बनाएका मियाँलाई उपचारका लागि त्रिवी शिक्षण अस्पतालमा लगिएको थियो। उनको अस्पतालमै निधन भएको काठमाडौं महानगरीय प्रहरी प्रवक्ता डिएसपी प्रमेश विष्टले जनाकारी दिए। मियाँ बुवाको कपडा सिलाई कारखानामा उनीहरुले सँगै काम गर्दै आएका थिए। पहिलेकै रिसिवीको कारणले गर्दा सुवोधले मियाँलाई आक्रमण गरेको बताइएको छ।

यता मृतक मियाँले रडले हिर्काउन खोजेपछि आफूले प्रतिकार गरेको सुवोधले प्रहरीलाई बयान दिएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)