Aamsanchar

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित २ जना भद्रपुरबाट पक्राउ

Author Image
शुक्रवार, पौष २४, २०७७

झापा- प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । आज दिउँसो ३ बजे भद्रपुर नगरपालिका वडा नं १० स्थित सार्वजनिक सडक किनारमा बा २८ प ३५५६ नं को मोटरसाइकल रोकेर शंकास्पद अबस्थामा रहेका मेचीनगर १५ बस्ने ३८ वर्षिय सुनला राजवंशी र सोही ठाउँका ३२ वर्षिय उत्तम राजवंशीलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले २६ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर