Aamsanchar

दश बर्ष पछि बिर्तामोडस्थित कृषिथोक बजारले पायो व्यवस्थापन समिति

Author Image
आइतवार, पौष २६, २०७७

विगत एक दशकदेखि नेतृत्वविहीन कृषिथोकको नेतृत्व चयनका लागि भएको निर्वाचनबाट आगामी तीन वर्षे कार्यकालका लागि कमल पौडेलको नेतृत्वमा नौ सदस्यीय कृषिथोक बजार व्यवस्थापन समिति निर्वाचित भएको हो ।

कृषिथोक उपज बजार व्यवस्थापन समितिको चुनाव सोसियोमेट्रिक पद्धतीमा सम्पन्न भएको थियो । पुस २४ गते पहिलो चरण कृषक तर्फको निर्वाचनमा झापाका आठ वटा स्थानीय तहका पाँच–पाँच जना गरी कूल ४० जना मतदाता रहेकोमा ३९ मत खसेको मध्ये दुई मत वदर भएको थियो । उक्त निर्वाचनबाट तीन जना कृषक प्रतिनिधि छनौट भएका थिए ।

जसमा बिर्तामोडका कमल पौडेल, कनकाई नगरपालिकाका हरि सिलवाल र अर्जुनधाराकी वृन्दा लुइँटेल विजयी भए । व्यापारी तर्फ दुई सय ५६ मतमध्ये दुई सय ४३ मत खसेको मध्ये, चार मत वदर भएको थियो ।

व्यापारी तर्फको दोश्रो चरणको निर्वाचनबाट व्यापारी प्रतिनिधि खगेन्द्र महतोले ९५ मत, ज्योति चुडाल ९पार्वती० १४१, धर्मप्रसाद बराल, ८६ मत ल्याएर छनौट भएका थिए । निर्वाचित प्रतिनिधि मध्येबाट सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था अनुरुप सहमति अनुसार कमल पौडेल सर्वसहमत अध्यक्ष पदमा निर्वाचित भए ।

बजार सञ्चालक समितिमा कृषक र व्यापारीतर्फका छ जना, सम्बन्धित वडाका अध्यक्ष पदेन सदस्य त्यसैगरी कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ एकजना पदेन सदस्य र जिल्ला समन्वय समितिबाट मनोनित उपभोक्तातर्फबाट एकजना सदस्य गरी कूल नौ सदस्यीय सञ्चालक समिति रहने प्रमुख निर्वाचन अधिकृत वीरेन्द्र पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर