Aamsanchar

मोरङका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउसुगर सहित ४ जना पक्राउ

Author Image
सोमवार, पौष २७, २०७७

मोरङ- मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१० बाट २ जना तथा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका साँढे ६ बजे ४ ग्राम ४९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित हनुमाननगर कंकालिनी नगरपालिका(६ का २२ बर्षीय धर्मेन्द्र रजक र भारतिय नागरीक २२ बर्षीय मोहम्बद अफरोजलाई पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका साँढे ७ बजे रतुवामाई नगरपालिका(१० का २७ बर्षीय धजिन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका(३ की २० बर्षीया कबिता लिम्बुलाई १४ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर