Aamsanchar

न्यु भिजन सहकारीको सातौं साधारणसभा सम्पन्न, चारजना कर्मचारी सम्मानित

Author Image
सोमवार, पौष २७, २०७७

बिर्तामोड । झापाको विर्तामोड–४ बस्नेत मार्केटमा रहेको न्यु भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारणसभा सोमबार आफ्नै कार्यालयमा सम्पन्न भएको छ ।

कोरोना भाईरस कोभिडका कारण नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड, सहकारी विभागबाट जारी भएका निर्देशन र स्थानिय निकायबाट स्वास्थ्य सजगता अपनाउन गरेको सुचनालाई आत्मसाथ गर्दै गत २३ गते देखि चरणवद्ध रुपमा सुरु भएको साधारणसभा २७ गते औपचारिक रुपमा सम्पन्न गरिएको हो ।

नीति नियमहरुको विकास, कोभिड १९ छुट, संरक्षित पूँजी फिर्ता कोष, कम्पयुटर आधारित प्रणाली, संस्था एकिकरण तथा सेवाकेन्द्र बिस्तार, लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक, त्यसैगरी निष्कृय सदस्यता,आगामी आर्थिक बर्षको कार्ययोजना, सदस्य हित, सदस्य शिक्षा, प्रविधि उन्मुख व्यस्थापन, कोष संकलन तथा परिचालन, आगामी बर्षको खर्च योजना लगायतका कार्यक्रमहरुलाई संस्थाले अघि सारेको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस बर्ष कोभिडको विसंम परिस्थितीलाई सामना गर्दै ६ लाख ५१ हजार ७ सय ८३ रुपैया नाफा गर्न सफल भएको लेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘न्यु भिजनले सदस्य हितमा संस्थाको आवस्यकता तथा आर्थिक परनिर्भरतालाई मध्यनजर गरी आर्थिक बर्ष २०७७/७८बाट लागु हुनेगरी दुर्घटना, स्वास्थ्य र घातक रोग उपचारको समिश्रण गरी विभिन्न प्रकारका बिमा योजनाहरु सञ्चालन गर्ने योजना रहेको छ । उक्त बिमा कार्यक्रम अन्तरगत सदस्यहरुको न्युनतम रु ७ लाख ५० हजार देखि २१ लाख सम्मको बिमा गर्ने गरी कार्य थालनी गरिएको’ सचिव सार्दुल हाङ्ग ओलीले बताए ।

संस्थाका अध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा आयोजित सभामा बिर्तामोड वडा नम्बर ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष प्रकाश घिमिरे, विर्तामोड रेडक्रस सभापति सजेश शिवाकोटी, बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव प्रशान्त भण्डारी, जिल्ला सहकारी संघ झापाका सदस्य कृष्ण मित्र लगायतको आतिथ्यता रहेको थियो ।

संस्थाले चारजना कर्मचारीलाई सम्मान पनि गरेको छ । सम्मानित हुने कर्मचारीहरुमा लेखा प्रमुख सुनीता चापागाइँ, बजार प्रतिनिधीहरु कुमारी भण्डारी, सीता खरेल, मञ्जु शर्मालाई प्रमुख अतिथि संग्रौलाले दोसल्ला र मायाँको चिनो प्रदान गरेर सम्मान गरेका थिए ।

कार्यक्रममा प्रतिवेदन बाचन अध्यक्ष रोशन सुवेदी, स्वागत उपाध्यक्ष नविन शिवाकोटी र कार्यक्रम संचालन सचिव सार्दुल हाङ्ग ओलीले गरेका थिए ।

संस्थामा २३ सय  भन्दा धेरै शेयर सदस्यहरु आवद्ध रहेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर