Aamsanchar

वासिंगटन डिसीमा २ हप्ताका लागि आपतकाल घोषणा

Author Image
बुधवार, पौष २९, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिंटन डिसीमा जनवरी ११ देखि २४ सम्म आपतकालको घोषणा गरेका छन् । ह्वाइट हाउसका अनुसार राजधानी वासिंगटन डिसीमा २ हप्ताका लागि आपतकाल घोषणा गरिएको हो । ट्रम्पको यो निर्णयले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जनवरी २० हुने सपथ समारोह प्रभावित हुने देखिएको छ ।

गत हप्ता संसद भवनमा भएको आक्रमणमा राष्ट्रपति ट्रम्पको हात रहेको भन्दै महाअभियोग लगाउने तयारी भैरहेका बेला ट्रम्पले राजधानी वासिंगटन डिसीमा आपतकालको घोषणा गरेका हुन् । संसदमा डेमोक्रेटिक पार्टीका संसदहरुले उनीमाथि अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् । बुधबार त्यसबारे मतदान हुँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर