Aamsanchar

मोरङमा विपन्नहरुलाई शान्ति समाजको कम्बल

Author Image
बुधवार, पौष २९, २०७७

काठमाडौैं । मानव अधिकार तथा शान्ति समाजले विपन्नहरुलाई कम्बल वितरण गरेको छ । बुधबार मोरङको कटहरी गाउँपालिका–७ का ज्येष्ठ नागरिक, विपन्न दलित परिवारलाई ३१५ थान कम्बल र ३५ थान सल वितरण गरिएको हो । समाजको मोरङ शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलगायतकोे सहयोगमा कम्बल वितरण गरिएको जनाइएको छ ।

कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले शान्ति समाजले गर्दै आएको सेवामुखी कार्यको निरन्तरतास्वरुप भविष्यमा दलित विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिने सोच रहेको बताए । समाजले प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न जिल्लामा प्रदर्शनसमेत गर्दै आएको समाजका महासचिव सुशील बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर