Aamsanchar

झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित एक दम्पती पक्राउ

Author Image
बुधवार, पौष २९, २०७७

झापा- झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित एक दम्पती पक्राउ परेका छन् । आज दिउँसो २ बजे मेचीनगर नगरपालिका वडा नं. १३ चारआली बजारमा जिल्ला प्रहरी कार्यालय झापा,प्रहरी चौकी चारआली र लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा श्रीमान–श्रीमतीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं. १ बाहुनडाँगी बस्ने २१ वर्षिय सुजन राजपुत र उनकी श्रीमती १८ वर्षिया पुजा राजपुत (मगर) रहेका छन् । उनीहरुको साथबाट १० ग्राम ब्राउनसुगर बरामद गरी ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर