Aamsanchar

चीनमा आठ महिनापछि पहिलो पटक कोरोना संंक्रमितको मृत्यु

Author Image
बिहिवार, माघ १, २०७७

काठमाण्डौ – चीनमा आठ महिनापछि पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको छ । चीनले आठ महिनापछि कोरोना भाइरसको सङ्क्रमणबाट हेबेई प्रान्तमा आज एक जनाको ज्यान गएको पुष्टि गरेको अल जजिराले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि हेबई प्रान्तमा समुदाय स्तरमा कोरोना परीक्षण भइरहेको छ । जोखिम बढेपछि त्यहाँको यातायात, बजार पसल तथा विद्यालय बन्द भएका छन् ।

जोखियुक्त सहरमा त्यहाँको सरकारले लकडाउन गरेको छ । दुई करोड मानिस घरभित्रै बसेका छन् । केही दिनअघि मात्रै राजधानी बेइजिङसँग जोडिएको हेबेईमा एकैदिन ५० जनाभन्दा सङ्क्रमित भेटिएका थिए । चीनमा आज एकैदिन १३८ जना सङ्क्रमित भेटिएका छन् । गएको वर्षको मार्च महिनापछि एकैदिन यति धेरै मानिसमा सङ्क्रमण भएको यो पहिलो पटक हो ।

यसैबीच कोरोना भाइरसको उत्पतिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० को टोली आज चीन जाँदै छ । डब्ल्यूएचओको टोलीलाई चीनले वुहानमा प्रवेश दिन्छरदिँदैन यसबारे केही खुलाएको छैन । कोरोना भाइरसको अध्ययनका लागि डब्ल्यूएचओले आफ्नो टिम वुहान पठाउन लामो समयदेखि चीनसँग छलफल गरेको थियो ।

यसअघि कोरोना भाइरसबारे अध्ययनका लागि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले तयार पारेको टिमलाई चीनले प्रवेशमा रोक लगाएको थियो । सन् २०१९ को अन्त्यमा पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वभर फैलिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर