Aamsanchar

अमेरिकाबाट १३ हजार किलोमिटर पार गरी अष्ट्रेलिया पुगेको परेवालाई मार्ने योजना

Author Image
बिहिवार, माघ १, २०७७

अमेरिकाबाट १३ हजार किलोमिटर पार गरी अष्ट्रेलिया पुगेको परेवालाई अधिकारीहरूले मार्ने योजना बनाएका छन्। प्रशान्त महासागर पार गर्दै अष्ट्रेलिया पुगेको रेसिङ परेवाबाट खतरा हुनसक्ने भन्दै मार्ने योजना बनाएको समाचार संस्था एपीले जनाएको छ।

मेलवर्नका स्थानीय केभिन सेली बर्डले आफ्नो घरपछाडि गत डिसेम्बर २६ मा थकित परेवा फेला पारेका थिए। जुन अमेरिकाको ओरेगन राज्यमा भएको परेवा दौड कार्यक्रमबाट गत अक्टोबर २९ मा हराएको थियो। अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको नामबाट जो नाम राखिएको उक्त परेवा, कार्गो सिपबाट प्रशान्त महासागर पार गरी आएको हुनसक्ने विज्ञहरूले आशंका गरेका छन्। परेवाले अष्ट्रेलियाका मिडिया तथा क्वारेन्टिन एन्ड इन्स्पेक्सन सर्भिसको पनि ध्यान खिचेको छ।

सेली बर्डलाई क्वारेन्टिनका अधिकारीहरूले बिहीबार फोन गरी परेवालाई समात्न भनेका थिए। यदि त्यो परेवा अमेरिकाबाट आएको हो भने उसमा चराहरूमा सर्ने रोग हुन सक्ने भन्दै चिन्ता लागेको बताए। मैले केही सहयोग गर्न सक्छु कि भनेर उनीहरूले जान्न चाहेका थिए,ु सेली बर्डले भने। अहिलेसम्म परेवालाई समात्न नसकेको उनले जवाफ फर्काएका छन्।

अधिकारीले परेवा समात्ने व्यावसायिक मान्छेलाई लगाउने विचार गरिरहेका छन्। कृषि विभागले पनि त्यो परेवालाई अष्ट्रेलियामा रहन अनुमति नभएको बताएको छ। यसले अष्ट्रेलियाको खाना सुरक्षा र जंगली परेवाको संख्यालाई असर पार्न सक्छ। यसले सिधा अष्ट्रेलियाका चराहरूको जैविक सुरक्षामा र कुखुरापालन उद्योगमा जोखिम पुर्‍याउँछ,विभागको विज्ञप्तिमा भनिएको छ। सन् २०१५ मा अष्ट्रेलियन सरकारले हलिउडका कलाकार जोनी डिप र उनकी पूर्वपत्नी एम्बर हेर्डले अमेरिकाबाट ल्याएका दुइटा कुकुरलाई फिर्ता पठाउन ५० घन्टे अल्टिमेटम दिएको थियो। नपठाएमा ती दुई कुकुरलाई मार्ने चेतावनी दिएको थियो। पछि ती दुई कुकुरलाई चार्टर्ड जहाजमार्फत् अमेरिका पठाएको थियो।

ुबक्सिङ डेको दिनमा मेरो घरपछाडि देखा परेको थियो। घरपछाडि फाउन्टेन राखिएको छ, त्यहाँ परेवाले पानी खाइरहेको थियो र नुहाइरहेको थियो,सेल्ली बर्डले भने, अर्को दिन पनि त्यहीँ देखा पर्‍यो। परेवा एकदम कमजोर देखिएको थियो। उसको खुट्टामा नीलो ब्यान्ड लगाइएको थियो।

अक्लाहोमाको अमेरिकन रेसिङ पिजन युनियनले उक्त परेवा अलाबामा मोन्टगोमरीस्थित मालिकका नाममा रहेको पुष्टि गरेको सेल्ली बर्डले बताए। उनले परेवाका मालिकलाई पनि सम्पर्क गर्न खोजेका थिए। तर सम्पर्कमा आउन सकेनन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर