Aamsanchar

इन्डोनेशियामा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प, शक्तिशाली पराकम्प आउन सक्ने चेतावनी

Author Image
शुक्रवार, माघ २, २०७७

काठमाण्डौ –इन्डोनेशियामा गएको भूकम्पमा सात जनाको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । बिहान सुलावेसी द्वीपमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पपछि विज्ञले शक्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिएका बीबीसीले जनाएको छ । भूकम्पका कारण घर तथा अस्पताल भत्किँदा कयौं नागरिक फसेका छन् ।

भूकम्पपछि सयौँ नागरिक विस्थापित भएका छन् । इन्डोनेशियामा सन् २०१८ मा भूकम्प र सुनामीका कारण दुई हजार जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर