Aamsanchar

उत्तर कोरियाले सार्वजनिक गर्यो नयाँ प्रकारको ब्यालिस्टिक मिसाइल

Author Image
शुक्रवार, माघ २, २०७७

काठमाण्डौ –उत्तर कोरियाले नयाँ प्रकारको ब्यालिस्टिक मिसाइल सार्वजनिक गरेको छ । सरकारी सञ्चारमाध्यमले त्यसलाई संसारकै सबैभन्दा शक्तिशाली अस्त्र भनेर वर्णन गरेका बीबीसीले जनाएको छ । प्योङयाङमा सैनिक परेडका क्रममा धेरै क्षेप्यास्त्र प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जोङ उनले अवलोकन गरेका खबरमा उल्लेख गरिएको छ ।

अमेरिकाको राष्ट्रपतीय चुनावमा निर्वाचित जो बाइडेनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरेको हो । उत्तर कोरियाले यसअघि नदेखिएका अस्त्रहरु अहिले सार्वजनिक गरेको विश्लेषकले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर