Aamsanchar

भारतमा कोरोना खोप दिन थालेको २ दिनमा ४ सय ४७ जनामा यस्ता लक्षण

Author Image
सोमवार, माघ ५, २०७७

एजेन्सी । भारतमा कोरोना भाइरस खोपको साइट इफेक्ट देखिन थालेको छ । शनिबारदेखि केही क्षेत्रमा दिन थालिएको खोपबाट साइट इफेक्ट देखिन थालेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । आइतबार भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी कोरोना खोप दिन थालेको २ दिनमा ४ सय ४७ जना बिरामीहरुमा साइड इफेक्ट देखिएको छ ।

केन्द्रीय स्वास्थ्य सचिव डा।मनोहर आगनानीका अनुसार धेरैजस्तो अवस्थामा यसको नकारात्मक असर सानो तहमा देखिएको छ । यद्यपि, खोप लगाएपछि कसैलाई अस्पतालमै भर्ना गर्नुपर्ने हुन्छ, यो केसलाई गम्भीर एएफआईमा रेकर्ड गरिएको छ ।उनका अनुसार खोप दिन लागिएको २ दिनमा त्यस्ता तीन मात्र घटनाहरु देखिए, जहाँ केही व्यक्तिलाई अस्पताल भर्ना गनुपरेको थियो ।

जसमध्ये एक व्यक्तिलाई उत्तर रेलवे अस्पतालमा भर्ना गरिएको छ भने अर्का एक बिरामीलाई उही समयमा दिल्लीस्थित एम्स अस्पतालबाट डिस्चार्ज गरिएको थियो । जबकी तेश्रो बिरामी एम्स रिसीकेस अस्पतालमा रहेका छन्, उनको पनि अवस्था राम्रो छ । भ्याक्सिनको साइड इफेक्टबारे उनले भने– ‘धेरैजसो मानिसहरुलाई हल्का ज्वरो आउने गरेको छ । त्यस्तै टाउको दुख्ने, चक्कर लाग्ने, पसिना आउने लक्षण पनि देखिएको छ ।’

स्वास्थ्य सचिवका अनुसार पहिलो दिन २ लाख ७ हजार २ सय २९ जनालाई भ्याक्सिन लगाइएको छ । यो कुनै पनि देशमा पहिलो दिनमा दिइएको खोपहरुमध्ये धेरै संख्या हो । यस सन्दर्भमा भारत अमेरिका, बेलायत र फ्रान्सभन्दा पनि अघि देखिएको छ । पहिलो दिन आन्ध्र प्रदेश, बिहार, उत्तर प्रदेश, महाराष्ट्र, कर्नाटक लगाय १५ राज्यमा खोप दिइएको थियो ।

दोश्रो दिन भारतका ६ वटा राज्यमा खोप दिइएको छ । जसमध्ये आन्ध्र, अरुणाञ्चल, कर्नाटक, केरला, मणिपुर र तमिलनाडु रहेका छन् । आइतबार भने करिब १७ हजार व्यक्तिलाई खोप दिइएको छ । पहिलो चरणमा फ्रन्टलाइनका कामदारहरूलाई कोभिसिल्ट र कोभ्याक्सिनको पहिलो डोज दिइएको छ ।

स्वास्थ्य सचिवका अनुसार दुई दिनमा २ लाख २४ हजार जनालाई खोप लगाइएको छ । भारतले पहिलो चरणको अभियान अन्तर्गत ३० करोड जनालाई खोप लगाउने योजना सार्वजनिक गरेको छ । यो खोप एक जनालाई दुई डोज दिने गरिन्छ । जसमा पहिलो र दोश्रो डोजको फरक २१ देखि २८ दिनको हुने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर