Aamsanchar

झापाका ३ जना सांसदद्घारा प्रदेश १ सरकारका मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

Author Image
सोमवार, माघ ५, २०७७

प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि पनि नेकपामा एक समूहबाट अर्को समूहमा सांसद आउने जाने क्रम चलिरहेको छ । पछिल्लोपटक नेकपाका तीनजना सांसद्ले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएको जनाएका छन् । गोपाल बुढाथोकी, जसमाया गजमेर र श्रीप्रसाद मैनालीले अविश्वासको प्रस्ताव फिर्ता लिएको जनाएका हुन । उनीहरुले राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास दर्तासम्बन्धी निवेदनमा ३७ सांसदसँगै हस्ताक्षर गरेका थिए । नेकपाका ६७ सांसद छन् ।

तर, उनीहरुले प्रदेशसभामा सामूहिक निवेदन दर्ता गराई नेकपाको सरकारविरुद्ध नेकपाकै सांसद्हरूले अविश्वासको प्रस्ताव दर्ता गर्नु उपयुक्त भएको भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिएको जनाएका छन् । जसमाया गजमेरले सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी थिइन् । मैनाली र बुढाथोकीले पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आफूहरुको लाइन भएको सामाजिक सन्जालमार्फत सन्देश दिएका थिए । तीनैजना झापाका सांसद हुन् ।

यसैअघि उदयपुरकी सांसद कला घलेले पनि मुख्यमन्त्री राईविरुद्ध आफूले अविश्वास प्रस्तावमा हस्ताक्षर गरे पनि त्यो फिर्ता लिएको जनाएकी थिइन् । योसँगै मुख्यमन्त्रीमा नेकपाको दाहाल(नेपाल पक्षबाट मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरिएका नेकपाका सांसद भीम आचार्यको पक्षबाट चारजना सांसद ओली पक्षका राईको समर्थनमा लागेका छन् । प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक(एकजना सांसदले पनि समर्थन गरेका छन् ।

नेकपा विभाजन नभए पनि सत्तासीन दलमै केन्द्रबाट सुरु भएको विवाद तल प्रदेशसम्म पनि आएको हो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍चकी सांसद विष्णु तुम्बाहाङ्फेले आधिकारिक नेकपालाई समर्थन गर्ने भनिए पनि पार्टीको निर्देशन र लाइनअनुसारै समर्थन हुने बताइन् । मुख्यमन्त्री राईलाई समर्थन गर्ने वा के गर्ने भन्ने प्रश्नमा जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले पार्टीको नीतिअनुसारै प्रदेशमा के गर्ने भन्ने तय हुने बताए ।

उनले समूहसँग भन्दा पनि आधिकारिक पार्टीसँग छलफल भई साथ(समर्थन गर्ने कुरा व्यवहारिक हुने बताए । प्रदेश १ मा सरकार गठन गर्न नेकपाका सांसदहरु समूहमा विभाजित अवस्थामा पुगेपछि कांग्रेसको मत र समर्थन अनिवार्य बनेको छ । दुवै समूहमध्ये कुनै एकलाई कांग्रेसले २१ सांसदको साथसहित समर्थन गरे मुख्यमन्त्री राई नेतृत्वको सरकार ढल्ने अथवा नयाँ सरकार गठन बाटो खुल्ने देखिएको छ ।

प्रमुख विपक्षी कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बद्लिएको परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने तय हुन बाँकी रहेको बताए । यता प्रदेश १ को प्रदेशसभा बैठक भने माघ ७ गतेलाई तय भइसकेको छ । बुधबार सबै दलले संसदीय दलको बैठक राखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर