Aamsanchar

भारतले भूटानलाई कोरोना बिरुध्दको भ्याक्सिन निःशुल्क उपलब्ध गराउने, क्यालिफोनियामा मोडर्नामाथि रोक

Author Image
मङ्गलवार, माघ ६, २०७७

भूटानका प्रधानमन्त्री लोटे शेरिङ्गले सोमबार भारतले उनको देशमा निःशुल्क अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन कोभिशिल्ड उपलब्ध गराउने जानकारी दिएका छन् । उनका अनुसार भ्याक्सिन खरिद गर्नुपर्ने हुँदो हो त यसका लागि ५० लाख अमेरिकी डलर खर्च गर्नुपर्ने स्थिती निम्तिन सक्ने बताउँदै भारत सरकारले भूटानसँगको पुरानो सम्बन्धलाई महत्व दिँदै यो मद्दत गर्नेछ । 

भूटान सरकारले भारत सरकारलाई भ्याक्सिनको आवश्यकता परेका जनसंख्याबारे जानकारी दिइसकेको शेरिङ्गले बताएका छन् । उनी भन्छन्, ‘उहाँहरुले पनि हाम्रो आवश्यकता बुझिरहनुभएको छ । देशमा यो भ्याक्सिन निःशुल्क प्रदान गरिनेछ ।’

नेपालले पनि गत हप्ता कोभिशिल्ड भ्याक्सिनको आपतकालीन प्रयोगलाई मञ्जुरी दिएको छ । यो भ्याक्सिन सिरम इन्स्टिच्युट अफ इन्डियाले बनाइरहेको छ । 

मोडर्नाको भ्याक्सिन लगाएपछि एलर्जीः

भ्याक्सिन लगाएपछि एलर्जी देखिएपछि अमेरिकी राज्य क्यालिफोनियाले मोडर्नाको भ्याक्सिनमाथि रोक लगाएको छ । राज्यकी छाला रोग विशेषज्ञ डा. एरिका पानले सामान्यभन्दा बढी व्यक्तिमा साइड इफेक्ट देखिएको जानकारी दिएकी छिन् । 

उनका अनुसार यो समस्या मोडर्ना भ्याक्सिनको एउटा लटमा देखिएको हो । यसलाई एक सामुदायिक खोप केन्द्रमा दिइएको थियो । यो भ्याक्सिन लगाएपछि १० जनालाई ज्वरो आयो । उनीहरुलाई २४ घण्टाका लागि डाक्टरको निगरानीमा राख्नुपर्यो । सार्वजनिक स्वास्थ्य विभागका अनुसार यो लटका तीन लाख ३० हजारभन्दा बढी डोज पूरा राज्यका २८७ स्वास्थ्य सेवा प्रदायकलाई दिइएको छ ।   

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 317

प्रतिक्रिया (०)

सम्बन्धित खबर