Aamsanchar

चीनले विवादित क्षेत्रमा एउटा गाउँ नै निर्माण गरेको भारतीय मिडियाको दावी

Author Image
मङ्गलवार, माघ ६, २०७७

नयाँदिल्ली- चीन र भारतको विवादित क्षेत्र अरुणाञ्चल प्रदेशमा चीनले एउटा गाउँ नै निर्माण गरेको भारतीय मिडियाले जनाएका छन् । एनडीटिभीका अनुसार चीनले निर्माण गरेको उक्त गाउँमा १०१ वटा घरहरु छन् । एनडीटिभीले आफ्नो स्याटलाइट दृश्यमा उक्त गाउँ देखिने जनाएको छ । चीनसँगको भारतको सिमानाको करिव ४ दशमलब ५ किलोमिटर भित्र नै उक्त गाउँ अवस्थित रहेको एनडीटिभीको दावी छ ।

उक्त गाउँ सारी चु नदीको किनारमा रहेको पनि बताइएको छ । जुन भूभाग भारतको सुबनसिरी जिल्लामा पर्छ । यस क्षेत्रमा चीन र भारतबीच सिमानालाई लिएर लामो समयदेखि विवाद हुँदैआएको छ । लद्दाखदेखि एक हजार किलोमिटर पश्चिममा पर्ने यस भूभागमा २०२० को अगस्टसम्म कुनै घर देखिएका थिएनन् । तर नोभेम्बरसम्ममा १०१ वटा घर सहितको एउटा पूरा गाउँ दृश्यमा देखिएको बताइएको छ । चीनको यस गतिविधिलाई लिएर अरुणाञ्चल प्रदेशका नेताहरुले समेत प्रश्न उठाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर