Aamsanchar

नागरिक एपमा देखिएका समस्या सुधार्न नयाँ सिस्टम बनाइने

Author Image
बुधवार, माघ ७, २०७७

काठमाण्डौ – नागरिक एपमा समस्या देखिएकाले यसलाई सुधार्न लागिएको छ । नागरिकताको विवरण नमिलेको भन्दै धेरै गुनासो आएपछि सरकारले नयाँ सिस्टम बनाउन लागेको प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीले बताउनुभयो । अलीका अनुसार गृह मन्त्रालयले नागरिक आफैले आफ्नो नागरिकताको विवरण सच्याउन ‘रिक्वेस्ट’ गर्न मिल्ने सिस्टम विकास गर्ने काम अघि बढाएको छ । अहिलेसम्म करिब ३ लाख बढीले नागरिक एप डाउनलोड गरेकाे भए पनि १ लाख मात्र दर्ता सफल भएको  पनि आईटी सल्लाहकार अस्गर अलीले बताउनुभयाे ​।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर