Aamsanchar

झापाको भद्रपुर चाराआली सडक खण्डमा टिपरको ठक्करबाट १८ वर्षीया किशोरीको मृत्यु

Author Image
बुधवार, माघ ७, २०७७

झापा – मेची राजमार्गअन्तर्गत झापाको भद्रपुर चाराआली सडक खण्डमा टिपरको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका १३ निवासी १८ वर्षीया अन्सु शिवाकोटी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार त्यस सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे१ख २५१५ नम्बरको टिपरले शिवाकोटीलाई मंगलवार विहान ५ः२५ बजेतिर  ठक्कर दिएको थियो। 

उनको टाउकोमा गम्भीर चोट लागेको थियो। साथै उनीसँग हिँडेका अर्का पैदलयात्री १८ वर्षीय राहुल बस्नेत घाइते भएका छन्। उनको हात र खुट्टामा चोट लागेको छ। घाइते दुवैलाई उपचार लागि बिएण्डसी हस्पिटल बिर्तामोड लगिएकोमा शिवाकोटीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते शिवाकोटीको आज विहान ६ बजेतिर उपचारकै क्रममा विर्तामोडको बीएन्डसी हस्पिटलमा निधन भएको प्रहरीले जनाएको छ ।

यता इलाका प्रहरी कार्यालय धुलाबारीले टिपर तथा भद्रपुर- ९ बस्ने ३२ वर्षीय चालक सुमन ओझालाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 400

प्रतिक्रिया (०)

सम्बन्धित खबर