Aamsanchar

भारत : कोरोनाविरुद्धको कोविशिल्ड खोप उत्पादन गरिरहेको सीरम इंस्टीट्यूटमा आगलागी

Author Image
बिहिवार, माघ ८, २०७७

एजेन्सी । भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाको टर्मिनल–१ को चौथो र पाँचौ तलामा भीषण आगलागी भएको छ । यस ल्याबमा टिबीबाट बचाउनका लागि लगाइने बीसिजी खोप बनाउने गरिन्छ । प्राप्त समाचारअनुसार आगलागीबाट कुनै नोक्सानी भएको छैन । भवनबाट चार कर्मचारीहरुलाई सुरक्षित निकालिएको छ भने आगो निभाउनका लागि १० वटा दमकल परिचालन भएका छन् ।

सिरम इन्स्टिच्युटले यही भवन परिसरअन्तर्गत मन्जरी प्लान्टमा कोरोना भाइरसविरुद्धको कोविशिल्ड खोप उत्पादन गरिरहेको छ । रिपोर्टअनुसार कोविशिल्ड खोप उत्पादन गर्ने ठाउँसम्म आगो फैलिएको छैन । त्यसैले यसको उत्पादनमा आगलागीले कुनै असर गरेको छैन । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनेका कम्पनीले संयुक्त रुपमा विकसित गरेको यो खोपलाई भारतमा सिरमले उत्पादन गरेको हो । यो खोप भारतमा प्रयोगमा पनि आइसकेको छ ।

सिरमले के–के बनाउँछ ?

सिरमले पोलियो, डिप्थिरिया, टिटानस, पर्ट्युसिस, एचआईभी, बिसिजी, आर–हेपटाइटिस बी, खसरा, मम्प्स, रुबेलालगायत रोगका खोप बनाउँछ । यस कम्पनीले अहिले कोरोना खोप पनि बनाइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 260

प्रतिक्रिया (०)

सम्बन्धित खबर