Aamsanchar

कोरोनाविरुद्धको खोप बनाइरहेको भारतकाे सिरम इन्स्टिच्युटमा आगलागी हुँदा ५ जनाकाे ज्यान गयाे

Author Image
बिहिवार, माघ ८, २०७७

काठमाण्डौ – कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको पुनेमा रहेको प्लान्टको टर्मिनल एक गेटमा भएको आगलागीमा पाँच जनाको ज्यान गएको छ । पुनेका मेयर मुरलीधर मोहोलले घटनामा पाँच जनाको ज्यान गएको पुष्टि गरेका छन् ।

‘सिरम इन्स्टिच्युटको एक भवनको अन्तिम तलामा फसेका पाँच जनाको ज्यान गएको हो । यही तलामा निर्माणको काम भइरहेको थियो । हामी आगलागीको कारणबारे बुझिरहेका छौँ । अन्तिम तला जलेर पूर्ण नष्ट भएको छ । ज्यान गुमाउने मजदुर हुन सक्छन् । अन्यलाई भने सुरक्षित निकालिएको छ’, मेयर मोहोलले भने । बिहीवार दिउँसो आगलागी भएपछि १० वटा दमकल त्यहाँ पुगेका थिए ।

इन्स्टिच्युटका सम्बन्धित अधिकारीहरूले भवनको चौथो र पाँचौँ तलमा आगो लागेको बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अक्सफो-एस्ट्राजेनेकाको कोरोना खोप कोभिशिल्ड सिरम इन्स्टिच्युट अफ इण्डियाले तयार गरिरहेको छ । सिरम इन्स्टिच्युट अफ इण्डिया विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ) द्वारा समर्थित कोभ्याक्स स्किमको हिस्सा हो । यसको उद्देश्य मध्यम आय भएका देशहरूमा खोप उपलब्ध गराउनु हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर