Aamsanchar

बागमती प्रदेशसभाको बैठकमा आज मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने

Author Image
शुक्रवार, माघ ९, २०७७

काठमाडौं ।बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । सभामुख सानु कुमार श्रेष्ठले दिउँसो एक बजे प्रदेशसभा बैठक बोलाएका हुन् । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने प्रचण्ड–माधव समूहका नेता शालिकराम जम्मकट्टेलले जानकारी दिए । बागमती प्रदेशसभाका कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले पनि आजको बैठकमा अविश्वास प्रस्तावमाथि छलफल हुने बताए ।

यद्यपि आजको बैठकको कार्यसूची के–के हुने भन्ने विषय कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–माधव समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकको दिन अविश्वासको प्रस्ताव टेबुल भएको थिएन । पहिलो दिन भएकाले बैठकमा दलका नेताहरुले बोलेपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए । मुख्यमन्त्री पौडेलले अविश्वास प्रस्तावको सामना गर्न तयार रहेको भनेपछि र अन्य राजनीतिक दलका नेताहरुले अर्को बैठक राख्न दबाव दिएपछि सभामुख श्रेष्ठले आजका लागि बैठकको मिति तोकेका हुन् । कांग्रेस अहिलेसम्म न्युट्रल देखिएकाले अविश्वास प्रस्ताव पास हुने÷नहुने टुंगो छैन । यदि अविश्वास प्रस्ताव फेल भए एक वर्षसम्म अविश्वास प्रस्ताव पेश गर्न पाइँदैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर