Aamsanchar

प्रबल गुरूङले डिजाइन गरेको कोट लगाइन् अमेरिकी उपराष्ट्रपति ह्यारिसले

Author Image
शुक्रवार, माघ ९, २०७७

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सपथ ग्रहणपछिको प्रार्थना सभामा प्रबल गुरूङको डिजाइन गरेको लुगा लगाएकी छन्। भर्चुअली भएको उक्त सभामा ह्यारिसले लगाएको लुगा आफूले डिजाइन गरेको गुरूङले ट्वीटरमार्फत् जानकारी दिएका छन्।

जनवरी २०मा भएको सपथ समारोहपछि राष्ट्रपति जो बाइडेन र ह्यारिस भर्चुअल प्रार्थना सभामा गएका थिए। उक्त सभामा ह्यारिसले मरून कलर (कलेजी रङ)को लङ कोट लगाएकी थिइन्। विश्वचर्चित फेसन डिजाइनर गुरूङले डिजाइन गरेका लुगा यसअघि पनि हलिउडका कलाकारदेखि थुप्रै अमेरिकी सेलिब्रेटीहरूले पहिरिइसकेका छन्। बाराक ओबामा राष्ट्रपति हुँदाकी पहिलो महिला मिसेल ओबामाले प्रबलले डिजाइन गरेको लुगा लगाएपछि प्रबलको चर्चा चुलिएको थियो।

कमला र प्रबलको सम्बन्ध लामो छ। यसअघि गत वर्षको डेमोक्र्याटिक पार्टीको राष्ट्रिय भेलामा पनि उनले प्रबलले डिजाइन गरेकी लुगा लगाएकी थिइन्। सिंगापुरमा जन्मिएर नेपालमा हुर्किएका गुरूङले सन् २००९ मा न्युयोर्कमा फेसन डिजाइन थालेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर